पहडियाको शासकभन्दा कुरुर शासक जसपाका शासक र शासन

सबाल

यति लेखिरहदा यो होईन कांग्रेस, कम्युनिष्ट , नेकपा एमाले , एकिकृत नेकपा समाजवादी , माओवादी आदी राम्रो हो भनेर उनिहरु संग पुरानो हिसाब-किताब छ त्यो लडाई जारी छ र जारी रहन्छ मधेशले आफनो पहिचान र समृद्ध , हरघर रोजगार र स्वराज प्राप्ति नगरे सम्म

आन्दोलनकारी


१.काठमांडौंमा उहिले मधेशवादी भनाउदाहरुको पार्टी कार्यालय तोडफोड गर्दा शासक‌, नश्लिय , पहाडिया-मधेशियाको नश्लिय व्यवहार वारे चर्चा गरिन्थ्यो ? आज जसपाले मधेशमै जनमत पार्टी कार्यालय माथि आक्रमण गराएको छ यसलाई कसरी लिने ।
२. मधेश आन्दोलन मा दमन गराउदा पहडियाले दमन गर्यो , पहडिया शासकको ईसारामा प्रहरी ले साधारण जनता माथि लाठी बर्सायो गोली चलायो भनिन्थ्यो ? आज जसपाकै सरकार ले गर्दै छ यसलाई कसरी लिने ।
३. निर्दोषलाई‌ समातेर थुनामा हाल्दा जनताको जायज मागलाई सम्बोधन नगर्ने , अनि आन्दोलन लाई दबाउने साजिस गर्ने जस्ता चर्चा गरिन्थयो आज जसपाकै सरकारले गर्दै छ यसलाई कसरी लिने ?
४. आन्दोलन को अनुसन्धान गराउदा निर्दोष लाई फसाईयो भनिन्थ्यो आज जसपाकै प्रदेश सरकारले अनुसन्धान गर्न निर्देशन दिएको छ यसलाई कसरी लिने ?
५. आन्दोलन मा आन्दोलनकारीलाई समातेर मुद्दा चलाईन्थयो ! कांग्रेस, कम्युनिष्ट ले घुसपैठ गर्यो , आन्दोलन दबाउन झूठा मुद्दा लगाइयो भनेर भनिन्थयो किसान आन्दोलन मा आज जसपाले गर्दै छ यसलाई कसरी लिने ।
६.मांग सम्वोधन नहुँदा , सरकारले चासो नलिदा आन्दोलन अराजक बनाईन्थयो , निर्दोस जनताहरुलाई महिनौ हडताल को नाममा सास्ती दिइन्थ्यो तैपनि जनताद्वारा सहयोग गरेर आन्दोलन सफल गराईन्थयो । आज जसपा र जसपाको सरकारले किसान आन्दोलन मा किसानहरू को हाथमा सामान्य लाठी हुंदा अराजक र हिंसात्मक प्रमाणित गर्न पुरै मण्डली लागेको छ । यसलाई कसरी लिने ?
७. मधेश आन्दोलन हुंदा त्यही नश्लिय नेपाल प्रहरी ले बच्चा देखी वृद्ध सम्मलाई टाउको र छातीमा गोली हानेको होईन ? आज त्यही प्रहरीबाट मधेश मा दमन गराउनेलाई के भन्ने ?
यसमा सोचनीय विषय एउटा अझै छ । प्रदेश प्रहरीको नाममा कार्यकर्ता भर्ना गरेको भए मधेश मा त शायद लोकतन्त्र नै समाप्त पार्थे यिनीहरू ले । तर प्रदेश प्रहरी लागूको विरुद्ध मा छैनौ यो कानुन पास गराएर भर्ना गराउनु पर्छ । वेरोजगार युवालाई रोजगारी दिनु पर्छ । मधेश सरकार को आफ्नो प्रहरी हुनुपर्छ ।
८. व्यपारी , माफिया र अरुको ईसारा र अरुकै पैसामा चलाउने आन्दोलन जसपाको लागि धेरै महत्व राख्दछ तैपनि कसैले विरोध गरेन आज किसान को लागि आन्दोलन हुंदा सबै पार्टी लाई टाउको दुखिरहदां जनता संग भिडन्त गर्ने जसपाको नियति लाई कसरी लिनुहुन्छ । यसलाई कसरी लिने ।

यति लेखिरहदा यो होईन कांग्रेस, कम्युनिष्ट , नेकपा एमाले , एकिकृत नेकपा समाजवादी , माओवादी आदी राम्रो हो भनेर उनिहरु संग पुरानो हिसाब-किताब छ त्यो लडाई जारी छ र जारी रहन्छ मधेशले आफनो पहिचान र समृद्ध , हरघर रोजगार र स्वराज प्राप्ति नगरे सम्म तर जसपाले यिनीहरू भन्दा पनि क्रुर व्यवहार देखायो यसलाई कसरी लिने । के मधेश विरोधी शक्तिलाई साहारा दिने , मधेश मा नांया राजनैतिक शक्ति को उदयलाई दवाएर राख्ने , मधेश को नाममा वैचारिक , राजनीतिक , आर्थिक , कुटनीतिक सहयोगलाई मधेश प्रतिनिधित्व को हिसाबले सधै भजाएर राखने जस्तो लाग्दैन ।
पहाडी शासक त चाहन्छन कि मधेश मुक्ति न पाओस , मधेशीहरु सधै वेरोजगार , भोखा , नंगा , गुलाम बनेर बांचोस भनेर तर जसपाको नेताहरु ले कसरी यस्तो कुरा सोचे ।
जनमतको आन्दोलनलाई हिंसात्मक , अराजक , गैरराजनीतिक , विना मांगको आन्दोलन हो भनेर प्रमाणित गर्न लागिरहदा यो कदापि भुल्नु हुँदैन की मधेश को कुनै पनि समस्या समाधान भएको छैन र जसपालाई पुनः आन्दोलन को आवश्यकता पर्न सक्छ । त्यो बेला जनताले भ्रष्टाचारीलाई बहिस्कार र कार्यवाही गर्न थाल्यो भने जसपा नामकै पार्टी यो देशमा नरहने भन्ने बिर्सनु हुँदैन । किसान आन्दोलन को विरुद्ध उभिनु भन्दा पहिले सोचनुहोला साथीहरु । जसपाको भविष्य राम्रो देखिदैन ।

किसान आन्दोलन जनकपुरधाम

Published by dailyroshank143

youth speaker , Reader

Leave a comment

Design a site like this with WordPress.com
Get started